११ आश्विन २०८१, शुक्रबार | Sat Sep 28 2024

बिपिडब्लु लघुवित्तको साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुने

११ पुस, काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारणसभा ३० पुसमा बोलाएको छ । लघुवित्तले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित सिद्धार्थ कटेज धोवीघाट ललितपुरमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । त्यस्तै, अन्य कुनै पनि लघुवित्त वित्तीय संस्थास‌ँग एक आपसमा गाभ्न/गाभिनेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने एजेन्डा छ ।

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १४:१६