१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सिरहामा करेन्ट लागेर दुई जनाको मृत्यु

१६ साउन, सिरहा । करेन्ट लागेर आज सिरहाको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ । खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–१ निवासी २२ वर्षीय रामबालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै करेन्ट लागेर आजै लहान नगरपालिका–२४ गोविन्दपुरस्थित माइती घरमा बस्दै आएकी धनुषाको पडहरीकी २५ वर्षीया मीनाकुमारी महतोको मृत्यु भएको छ । नुहाएर कोठामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेकी उहाँलाई उपचारका लागि लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार २०:०२