७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


११ पुस, काठमाडाैँ । आइतवार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । आज विजय लघुवित्त र महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १२ गते बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म यी कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।

विजय लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २०.०३१% बोनस सेयर र कर तिर्न १.०५४% नगद लाभांश वितरण गर्दैछ । संस्थाले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

महुली लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट २६% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्दैछ । लघुवित्तले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार १०:२६