४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

११ पुस, काठमाडाैँ । समृद्धि फाइनान्सको पुतलीसडक शाखाले काठमाडाैँ टोखा नगरपालिका २ मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनान्स र श्री भगवती क्लवको सहकार्यमा पौष १० गते शनिवार स्थानिय व्यापारी र उद्योगपतीहरुलाई लक्षित गरि उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी गराई डिजिटल बैंकिङ्ग प्रविधिमा अभ्यस्त हुन प्रोत्साहन गर्न सो कार्यक्रम आयोजना गरिएको फाइनान्सले जनाएको छ । कार्यक्रममा बचतको महत्व, विद्युतिय माध्यमद्धारा बैंकिङ्ग कारोबार, बैंकिङ्ग प्रणालीमा आर्थिक कारोबार, बैंकिङ सेवा लगायत विषयमा जानकारी प्रदान गरिएको थियोे ।


समृद्धि फाइनान्सले बचत खातामा उच्चतम् व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ । जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।

प्रकाशित मिति : ११ पुष २०७८, आईतवार ०८:३१