१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

प्रेस चाैतारी र प्रेस सेन्टर एकता भएर ‘प्रेस संगठन’ बन्ने, यस्तो हुनेछ संगठन संरचना

१६  साउन, काठमाडाैँ । तत्कालीन नेकपा एमालेकाे भ्रातृ संगठन प्रेस चाैतारी नेपाल र तत्काली नेकपा माअाेवादी केन्द्रको भ्रातृ संगठन प्रेस सेन्टर नेपाल एकता भएर ‘प्रेस संगठन, नेपाल’ घोषणा हुने भएकाे छ । दुर्इ संगठनको एकताका लागि गठन भएको कार्यदलले संगठनको नामम र संरचनाकाे टुंगाे लगाएको प्रेस चाैतारी नेपालका महासचिव राजेश रार्इले जानकारी दिए ।

कार्यदलले संगठनको अन्तरिम  विधान समेत स्वीकृत गरेको छ । अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय समेत कार्यदलले गरेको छ । कार्यदलका तर्फबाट जारी प्रेस वक्तव्य यस्तो रहेको छ ।

प्रेस वक्तव्य

नेपालका श्रमजीवी पत्रकारहरुको गौरवमय संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताको लागि गठन भएको कार्यदलको बैठक १५ साउन २०७५ मा तेश्रो पूर्ण बैठक बस्यो । बैठकले प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालका महासचिवद्धयले तयार पारेको संगठनको अन्तरिम बिधान–२०७५ लाई अन्तिम रुप दिएको छ । दुबै संगठन एकतापछि बन्ने एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ अग्रेजीमा Press organisation, Nepal (PON) राख्ने निर्णय भएको छ । अन्तरिम कालको लागि सबै तहमा कार्यालय, सचिवालय र समिति राख्ने निर्णय गरिएको छ। संगठनको संरचना र संख्या निम्न अनुसार रहनेछ :-
समिति :
 केन्द्रीय समिति : अध्यक्ष र महासचिव सहित २ सय २५ सदस्सीय
 प्रदेश समिति : अध्यक्ष र सचिव सहित १ सय २५ सदस्सीय
 जिल्ला समिति : अध्यक्ष र सचिव सहित ३५ सदस्सीय
 शाखा समिति : अध्यक्ष र सचिव सहित ९ सदस्सीय

आयोग :
 अनुशासन आयोग : अध्यक्ष र सचिव सहित १५ सदस्सीय
 लेखा आयोग : अध्यक्ष र सचिव सहित १५ सदस्सीय

आगमी तीनदिनभित्रमा दुबै संगठनका केन्द्रीय समिति र आयोगमा रहने सदस्यहरुको सूची सहित पार्टीमा पार्टीलाई कार्यदलले संगठन एकताको लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठकमा पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस सेन्टर, नेपालकी इन्चार्ज पम्फा भुसाल, पार्टी स्थायी कमिटिका सदस्य तथा प्रेस चौतारी, नेपालका इन्चार्ज योगेश भट्टराई, कार्यदलका सदस्य तथा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र कार्यदल सदस्य तथा प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालको उपस्थीति थियो । यसैगरी बैठकमा पार्टीका केन्द्रीय सदस्य विष्णु रिजाल, प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्ष माधव नेपाल, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, महासचिव बिष्णु सापकोटा ‘जुगल’ र प्रेस चौतारी नेपालका महासचि राजेश राईको उपस्थीति रहेको थियो ।

मिति : १६ साउन २०७५ ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ११:२०