१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा महाश्रम शर्मा नियुक्त

९ पुस, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा महाश्रम शर्मा नियुक्त भएका छन । नेकपा माओवादी केन्द्र निकटका शर्मा बिहीबारको मन्त्रिपरिषद् बैठकबाट बोर्डको अध्यक्षमा नियुक्त भएको एक जना मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न महिले दिउँसो १ बजे सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनकोआयोजना गरेका छन ।

यसअघि लोकसेवा आयोगले बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जना मध्येबाट ५ जनाको छोटो सूची बनाएको थियो । जसमा अध्यक्षमा नियुक्त भएका ललितपुर महानगरपालिका– ३ लतिलपुरका डा। महाश्रम शर्मा, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा।डा। महानन्द चालिसे, हल्दिवारी गाउँपालिका–१ झापाका प्रा।डा। घनश्याम भट्टराई र किर्तिपुर नगरपालिका ५, काठमाडौंका प्रा।डा। शोभाखर कंडेल रहेका थिए ।

असोज २५ गते बोर्डको पहिलो अध्यक्ष प्राडा चन्द्रमणी पौडेलकाे चार वर्षे अध्यक्ष कार्यकाल सकिएको थियो। अध्यक्षका लागि शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्षको अनुभव हाँसिल गरि सोही समयमा परीक्षा व्यवस्थापन तथा संचालन समबन्धी कार्यमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनु पर्ने मापदण्ड तोकिएको थियो ।

शिक्षा ऐन २०२८ को आठौं संसोधनपछि ०७३ सालमा गठन भएको राष्ट्रिय परीक्षा बोर्डको पहिलो अध्यक्ष प्रा डा चन्द्रमणि पौडेल पनि खुला प्रतिस्पर्धाबाटै बोर्डमा पुगेका थिए ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ११:५७