१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

दोषी ठहरपछि फरार रहेका अभियुक्त पक्राउ

१६ साउन, वीरगञ्ज । अदालतबाट दोषी ठहरपछि फरार भएका दुई अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–४ बस्ने धीरजकुमार साह र बाराको कोल्हबी नगरपालिका–५, ककडीका दुर्योधन चौधरी छन् ।

लागू औषध मुद्दामा ०६९ मंसिर २० गते बारा जिल्ला अदालतले साहलाई दोषी ठहर गरी ६० हजार रुपैयाँ जरीवानाको फैसला गरेको थियो । बारा अदालतले चौधरीविरुद्ध वन पैदावार नोक्सानी मुद्दामा दोषी ठहर गरी ०६९ भदौ २७ गते १५ हजार रुपैयाँ जरीवाना सुनाएको थियो । अदालतले दोषी ठहर गरी जरीवानाको फैसला सुनाइसकेको भए पनि दुवै फरार थिए ।

फरार रहेका उनीहरुलाई पक्राउ गरी बारा जिल्ला अदालतमा बझाइएको र जरीवाना रकम तिरेर उनीहरु छुटेको प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार १०:०२