१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

अस्ट्रेलियामा न्यूसाउथवल्समा नेपाली समाज क्विनवेन गठन, अध्यक्षमा दीपक पाण्डे

९ पुस, क्विनवेन । अस्ट्रेलियाको न्यूसाउथवल्स राज्यको क्विनवेनमा बस्ने नेपालीहरुले “नेपाली समाज क्विनवेन ” गठन गरेका छन । समाजले यस क्षेत्रमा बस्ने नेपालीहरुलाई गोलबद्द गर्दै विभिन्न नेपाल तथा अस्ट्रेलियामा मनाउने चाडपर्वहरुमा कार्यक्रम गर्ने जनाएको छ ।

नेपाली यूवाहरुमाझ लोकप्रिय फुटबल, क्रिकेट जस्ता खेलहरुलाई कल्बको रुपमा व्यवस्थित गरी संरक्षण एवं सम्वर्द्धन गर्ने उद्देश्य रहेको नवगठित समाजका अध्यक्ष दिपक पाण्डेले दैनिकीलाई जानकारी दिए ।

अस्ट्रेलियाको राजधानी क्यानवेरासँग जोडिएको क्विनवेनमा लामो समयदेखि नेपालीहरु बसोबास गर्दै आईरहेको भएपनि यसअघि नेपालीहरु गोलबद्द गर्ने कुनैपनि संघसंस्था क्रियाशिल थिएनन् । क्यानवेरामा सक्रिय नेपाली संस्थाहरुलेनै यहॉका नेपाली लाई गोलबद्द गर्ने प्रयास गरेका थिए ।

स्थायी बसोवासका लागि अस्ट्रेलियन सरकारले रिजनल क्षेत्रलाई प्राथमिकता दिने नीति लिएसँगै अन्य मुलका जस्तै नेपालीहरुको चाप पनि बढदै गईरहेको छ । भेलाले अध्यक्षमा पाण्डे, उपाध्यक्षमा केदार केदार चापागाई र शुरेस अम्गाई, महासचिवमा राम खडका, सचिवमा राजेन्द्र चापागाई, सहसचिवमा चोलेश्वर तिवारी, कोषाध्यक्षमा उमेश नेपाल, सहकोषाध्यक्षमा विष्णु कडेँल चयन भएका छन ।

यस्तै सदस्यहरूमा शरद पोखरेल, विशाल थापा, महेश थापामगर, हेमन्त कुमार श्रेष्ठ, प्रकाश भट्टराई, रिवाज वराल, पुस्कर काफ्ले रहेका छन ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ११:१२