५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बजारमा हल्ला भएजस्तो वित्तीय प्रणालीमा तरलता अभाव छैनः अध्यक्ष उपाध्याय


८ पुस, काठमाडाैँ । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका छन् ।

उनले बुधबार काठमाडौँमा राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु पर्ने बताएका हुन् । अध्यक्ष उपाध्यायले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणली मार्फत ल्याउने नीती सरकारले बनाउनु पर्ने धारणा राखे ।

उनले यस्तो गर्न सके वित्तीय प्रणालीमा तरलताको अभाव कम हुने बताए । अध्यक्ष उपाध्यायले पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले आत्तिहाल्नु पर्ने अवस्था नभएको बताए । अध्यक्ष उपाध्यायले भने,‘तरलता सहज बनाउनको लागि राष्ट्र बैंकले विदेशबाट आउने रकम बैंकिङ प्रणाली मार्फत ल्याउने नीति बनाउनु आवश्यक छ । राष्ट्र बैंकले यस्तो नीति बनाएमा बजारमा तरलताको समस्या कमै आउने थियो ।

 

अहिले एनआएन मार्फत नेपाल आउने रकम, रेमिटेन्स समेत बैंकिङ प्राणली भन्दा बाहिरबाट आउने गरेको छ । पछिल्लो समय बजारमा हल्ला भएजस्तो तरलता अहिले नै आत्तिहाल्नु पर्ने अवस्था छैन्। अहिले तरलताको समस्या केही मात्रामा रहे पनि विस्तारै अर्थतन्त्र लयमा आउँदै गएकोले आत्तिहाल्नु पर्ने अवस्था छैन्। अर्थतन्त्र व्यापारमा आधारित भएकोले बेला बेला तरलताको समस्या आउनु स्वभाविक हो । ट्रेड बेस अर्थतन्त्रका कारण बेला बेला तरलताको समस्या आउँछ। कर्जा वृद्धि हुने बित्तिकै तरलताको अभाव हुन्छ । अब बैंकहरु पनि सन्तुलित भएर जान जरुरी छ ।

प्रकाशित मिति : ८ पुष २०७८, बिहीबार १३:२३