२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

इम्पायर एजुकेशन’ को ब्रान्ड एम्बास्डरमा अनमोल केसी नियुक्त

७ पुस, काठमाडाैँ । नेपाली चलचित्रका नायक अनमोल केसी ‘इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् ।

बुधबार काठमाडौँमा एक कार्यक्रमका बीच ‘इम्पायर’ का प्रमुख स्वतन्त्र प्रताप शाह र नायक अनमोलबीच सम्झौता भएको छ । कार्यक्रममा नायक अनमोलले विश्वास कमाइसकेको ब्रान्डसँँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । आफू भविष्यमा अध्ययनका लागि विदेश जान सक्ने बताएका छन् ।

यता इम्पायरका प्रमुख स्वतन्त्र प्रताप शाहले अनमोलसँगको व्यक्तिगत सम्बन्ध र उनको लोकप्रियतालाई देखेर नै ब्राण्ड एम्बास्डर नियुक्त गरेको बताए । अनमोलसँग जोडिँदा संस्थाको लक्षित विद्यार्थीमाझ पुग्न सकिने उनको विश्वास छ । उनले चाँडै अनमोलसँग अन्य कुरामा पनि सहकार्य हुने जानकारी दिएका छन् । कार्यक्रममा नायक अनमोलले विदेशमा प्राप्त गर्ने ज्ञान र सिपलाई नेपालमा लगाउन उनले जोड दिएका छन् ।

उनी भन्छन्, ‘विदेश त्यतिकै विकशित भएको त होइन होला, त्यहाँ केही न केही एक्स्ट्रा ज्ञान छ । त्यसलाई नेपाल ल्याएर केही गर्न सक्दा देशलाई नै राम्रो हुने बताए ।’ इम्पायर एजुकेशनले अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थीहरु पठाउने गरेको छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार २०:११