१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

भिटोफको अध्यक्षमा ध्रुव सिंखडा र महासचिवमा जस्फा पाण्डे विजयी

१५ साउन, काठमाडाैँ । भिटोफको २२ अाैँ साधारणसभाले ध्रुव सिंखडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार राति सम्पन्न मतगणनामामा नेकपा  निकटका वासु पण्डेलार्इ ३५ मतले पराजित गर्दै नेकपा निकटकै सिंखडा विजयी बनेका हुन । धादिङ स्थायी घर भएका सिंखडा लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशिल रहेका छन । सिंखडा यसअघि भिटोफको उपाध्यक्ष समेत रहीसकेका थिए ।

यस्तै प्रथम उपाध्यक्षमा दीपक दाहाल र द्धितिय उपाध्यक्षमा गोपाल थापा विजयी भएका छन । उनीहरू दुबै पाण्डे समूहका उम्मेदवार हुन ।महासचिवमा कांग्रेस निकटकी व्यवसायी जस्फा पाण्डे नेकपा निकटका दीपक खनाललार्इ ३ मतले पराजित गर्दै विजयी भएकी छिन ।

त्यस्तै सचिवमा नबराज थापा, कोषाध्यक्षमा राजकुमार धमला, सहकाेषाध्यक्षमा सकुन्तला देबकोटा र सदस्यहरूमा जीवन थपालिया, देबि कृष्ण रोकाया, राममनी रिजाल, सान्तकुमार बानिया विजयी भएका छन ।

फिटोफमा पहिलो पटक प्यानलै बनाएर चुनावमा होमिएका व्यवसायीका बीचमा चुनावी राैनकता बढी नै देखिएको थियो । नेकपा निकटका व्यवसायीले एउटा प्यानल निर्माण गरेका थिए भने तत्कालीन एमालेबाट असन्तुष्ट बनेको समूहले कांग्रेससँगको सहकार्यमा अर्को समूह निर्माण गरेको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७५, बुधबार ००:१८