२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पाकिस्तानले ३० वर्षमाथिका सबैलाई कोभिडविरुद्ध बुस्टर डोज दिने

७ पुस, काठमाडाैँ । पाकिस्तानमा कोभिडको दोस्रो डोज खाेप लगाएका व्यक्तिहरुलाई बुस्टर डोज दिइने भएको छ । विभिन्न देशहरुमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिरहेका बेला सरकारले ३० वर्षमाथिका सबै जनालाई बुस्टर डोज दिने भएको हो ।

आगामी १ जनवरीदेखि सो उमेर समूहमाथिका नागरिकलाई निःशुल्क बुस्टर डोज दिन लागिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य सेवाका महानिर्देशक डा. राना सफ्दारले जानाकारी दिएका छन् । यसअघि ५० वर्ष उमेर पुगेका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई बुस्टर डोज दिइएको थियो ।

ओमिक्रोन भेरियन्टको संक्रमण बढेको भन्दै राष्ट्रिय स्वास्थ्य सेवाले ३० वर्षदेखि माथिका सर्बसाधारणलाई खोप लगाउन अनुरोध गरेको छ । अहिलेसम्म ९५ भन्दाबढी देशका ५८ हजारलाई ओमिक्रोन भेरियन्ट देखिएको छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ११:२५