७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सुनको मूल्य तोलामा ४०० ले घट्याे, चाँदीको मूल्य १० रुपैयाँले वृद्धि


७ पुस, काठमाडाैँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ९६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रकाशित मिति : ७ पुष २०७८, बुधबार ११:०५