१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

राष्ट्रिय युवा परिषद् केन्द्रीय कार्यालय भक्तपुर सर्यो, सरकारको भाडा वापतको २४ लाख बचत

१५ साउन, काठमाडाैँ । राष्ट्रिय युवा परिषद्को केन्द्रीय कार्यालय भक्तपुर सरेको छ । मंगलबार बिधिवत रूपमा कार्यालय सरेकाे परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिएका छन । परिषद् स्थापनाकालदेखि नै त्रिपुरेश्वरमा रहेको भाडाको घरमा बस्दै अाएको थियो । परिषदको केन्द्रीय कार्यालय भक्तपुरको पुरानो शैक्षिक जनशक्ति केन्द्रको भवन १ मा सरेको छ । ढुंगेलले अव मासिक झण्डै २ लाखको दरले प्रति वर्ष २४ लाख भाडा वापतको रकम नेपाल सरकारको वचत हुने समेत बताएका छन ।

ढुंगेलले सरकारी भवनमा कार्यालय सार्न सहयोग पुर्याउने प्रधानमन्त्री-केपी शर्मा ओली, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेल, मुख्यसचिव लोकदर्शन रेग्मी, सहरीविकासका सचिव दीपेन्द्रनाथ शर्मा, दुवै मन्त्रालयका सचिवहरु मोहनकृष्ण सापकोटा, खगराज वराल र समग्र प्रक्रियामा खटीनुहुने युवा परिषदका प्रशासन प्रमुख मुक्तिसिंह ठकुरी लगायतलार्इ धन्यवाद दिएका छन । 

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार २३:२५