२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एक झ्याल एक मन्त्रालय राख्न सफल मुख्यमन्त्री पाण्डेले १८ करोडको गडी किन्दै

६ पुस, हेटाैँडा । एउटा भवनमा एक झ्याल एक मन्त्रालयको बोर्ड झुण्डाएर कीर्तिमान कायम गरेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले १८ करोडको गाडी किन्ने प्रक्रिया अघि बढाएका छन । मुख्यमन्त्री पाण्डेले ८ मन्त्रालय फुटाएर १४ बनाएका छन ।

अहिलेसम्म १२ जना सदस्य रहेको मन्त्रिपरिषद्मा अझै पाँच सदस्य थप्ने तयारी भैरहेको छ । अहिले बस्ने ठाउँनै नभएकाले तीन मन्त्री र दुइ राज्यमन्त्री नियुक्तिको पक्रिया अलमलमा परेको छ । यद्यपी त्यो पनि चाँडै नै हुने पाण्डे निकट स्रोतले जनाएको छ ।

पाण्डेले अब ३० वटा सवारी खरिदका लागि १८ करोड रूपैयाँ खरिद गर्न लागेको अर्थ तथा योजना मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार मन्त्रालयलाई तत्काल दुईवटा सवारी खरिद गर्न १ करोड २० लाख रुपैयाँ दिनेगरी स्रोत सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ । अध्ययन र अनुसन्धान बिना नै मन्त्रालय फ्रटाएपछि मन्त्रालय र मन्त्री बस्ने ठाउँको अभाव देखिएको छ ।

प्रकाशित मिति : ६ पुष २०७८, मंगलवार १०:३२