१६ आश्विन २०८१, बुधबार | Thu Oct 3 2024

अष्ट्रेलियाको तास्मानियामा नेपाली युवाहरुले नेपाली टोपी दिवस मनाईदै

४ पुस अष्ट्रेलिया ।  अष्ट्रेलियाको तास्मानियामा नेपाली युवाहरुले नेपाली टोपी दिवस मनाईदैअष्ट्रेलिया। प्रबासी नेपाली युवा मञ्च साउथ तास्मानियाको होबार्टमा जनवरी ५ मा अन्तराष्ट्रिय नेपाली टोपी दिवसको सन्दर्भमा बार्बिक्यू र २०२१ को अन्तिम दिन डिसेम्वर ३१ मा अष्ट्रेलियन रेडक्रसको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
मञ्चका तास्मानिया राज्य समितिका अध्यक्ष मुगेन गौतमले बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा नेपालीहरुको एकता, सद्भाव र बहादुरीको पहिचानको रुपमा रहेको नेपाली टोपीलाई चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वताउनुभयो । उहाले नया वर्षको सन्दर्भमा आम तास्मानियाबासीहरुले एक अर्कामा शुभकामना आदान प्रदान गर्दै नेपाली परम्परागत गित संगितको मनोरञ्जन प्रदान गर्न मञ्चले कार्यक्रमको आयोजना गरेको पनि वताउनुभयो । उहाले कार्यक्रम अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्तालाई विश्वकै अद्वितिय टोपीलाई परिचित गराउदै नेपाली गौरवका रुपमा लिन उत्प्रेरित गर्ने र तास्मानियामा रहेका गैर्ह नेपाली विचमा नेपालको प्रचार प्रसार गरि नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटनको क्षेत्रमा सानो भए पनि सहयोग पुगोस भन्ने चाहना रहेको बताउनुभयो ।
प्रवेश नि:शुल्क रहेको कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल समेत खेलाईने भएको छ ।
यसैगरि मञ्चले २०२१ को अन्तिम दिन डिसेम्वर ३१ का दिन अष्ट्रेलियन रेडक्रसको सहकार्यमा लाइफ वल्ड होबार्ट सेन्टरमा रक्तदान समेत आयोजना गरेको छ । गौतमले मञ्चले नेपाल र नेपाली समुदाय प्रति उत्तरदायी भएर विभिन्न कार्यक्रम गर्दै आएको र रक्तदान कार्यक्रम सम्पुर्ण तास्मानियाकै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको वताउनु भयो ।
संयोजक गौतमले डिसेम्वर ३१ को रक्तदान कार्यक्रम र जनवरी ५ को बार्बिक्यू सहित नेपाली परिकार खादै नव वर्षको शुभकामना आदान प्रदान गर्दै नेपाली टोपी मार्फत नेपाललाई चिनाउने अभियानमा सरिक हुन सम्पुर्ण होवाडबासीहरु अनुरोध गर्नुभएको छ

प्रकाशित मिति : ४ पुष २०७८, आईतवार ११:१५