१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मोटरसाइलकमा प्रेस लेखेर लागूऔषधको कारोबार

१५ साउन, काठमाडौं । मोटरसाइलकमा प्रेस लेखेर लागूऔषधको कारोबार हुने गरेको खुलासा भएको छ । प्रहरीले मोटरसाइलकमा प्रेस लेखेर लागूऔषधको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार दिउँसो पौने ३ बजे काठमाडौँ महानगरपालिका २२ पुरानो नगरपालिका नजिकैबाट प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकल र त्यसमा सवार धनुषा गणेशनाथ चारनाथ नगरपालिका ४ का राजकुमार चौधरीलाई पक्राउ गरेको जानकारी दिएको छ ।

प्रहरीले चौधरीसँग लागुऔषध खरिद गर्न आएका काठमाडौं बसन्तपुरका मोहम्मद शाहीदलाई पनि पक्राउ गरेको छ । चौधरीको साथबाट प्रहरीले बैंकमा जम्मा गरेको ४ लाख रुपैयाँको भौचर पनि बरामद गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार १३:३९