११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

नेपाल बैँककाे १७ प्रतिशत लाभांश पारित

२ पुस, काठमाडाैँ । आज मिति २०७८ पौष २ गते शुक्रबारका दिन नेपाल बैंक लिमिटेड प्रधान कार्यालय, धर्मपथ, काठमाडौँबाट र भर्चुअल मार्फत आयोजना गरिएको बैंकको ६२ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

उक्त अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएकाे थियाे ।

सभाले हालको चुक्ता पूँजी रु.१२,६३,६७,५८,६२४ को ३ (तीन) प्रतिशतका दरले हुन आउने रु.३७,९१,०२,७५८/७२ (अक्षेरुपी सैंतिस करोड एकानब्बे लाख दुई हजार सात सय अन्ठावन्न रुपैंया र बहत्तर पैसा मात्र) नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पूँजीको १४ (चौध) प्रतिशतका दरले हुन आउने रु.१,७६,९१,४६,२०७/३६ (अक्षेरुपी एक अर्ब छयहत्तर करोड एकानब्बे लाख छयालिस हजार दुई सय सात रुपैंया र छत्तिस पैसा मात्र) रकम बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु.१४,४०,५९,०४,८३१/३० (अक्षेरुपी चौध्र अर्ब चालिस करोड उनन्साठी लाख चार हजार आठ सय एकतिस रुपैंया र तीस पैसा मात्र) कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार २१:१५