२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमालेको उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड र उपप्रमुखमा दुर्गा प्रसाइँ

२ पुस, काठमाडाैँ । नेकपा एमालेले पार्टीको उद्योग विभागको जिम्मा मोतीलाल दुगडलाई सुम्पेको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उद्योग राज्यमन्त्री तथा विशेष आर्थिक सल्लाहकार रहेका चर्चित उद्योगी मोतीलाल दुगडलाई दोस्रो केन्द्रीय कमिटी बैठकले उद्योग, बाणिज्य तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।

मधेसी कोटबाट पार्टीको समानुपातिक सांसद रहेका व्यापारी दुगड १०औं महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।त्यसैगरी दुर्गा प्रसाईंले उद्योग विभागको उपप्रमुखको जिम्मेवारी पाएका छन् । ओलीले केन्द्रीय कमिटीमा मनोनित गरेर प्रसाईंलाई विभागको उपप्रमुख बनाएका हुन् ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १७:५८