२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

खानीखोला हाइड्रोपावरले बोलायो एकैपटक तीन आर्थिक वर्षको साधारणसभा

२ पुस, काठमाडौं । खानीखोला हाइड्रोपावर कम्पनीले ३० पुसमा एकैदिन तीनवटा आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेका लागि आह्वान गरेको हो । सभा भर्चुअल माध्यमबाट हुनेछ ।

सभामा तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित हुनेछ । आर्थिक वर्ष २०७८-७९ मा लागि लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको निर्वाचन गर्नेलगायतको एजेन्डा छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले ९ देखि ३० पुससम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार ८ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार १३:२४