२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

पोल्यान्डमा डायनोसरका सयौं पद चिन्ह फेला

२ पुस, वार्सा । पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन् । पदचिन्ह फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ । राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् । डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन् ।

‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,’ पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।

मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन् ।

प्रकाशित मिति : २ पुष २०७८, शुक्रबार ११:४३