२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

शेखर काेइराला पराजित हुँदा स्तब्ध बनेका कांग्रेस नेता भट्टराईको हृदयघातबाट मृत्यु

१ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा उमेश भट्टराईको हृदयघातबाट मृत्यु भएको छ । भट्टराईको बिहीबार हृदयघातबाट निधन भएको परिवारले जनाएको छ । नेपाली सेनाको अवकाशप्राप्त जर्नेल भट्टराई पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा पूर्णकालीन हुनेगरी होमिएका थिए ।

भट्टराई कांग्रेसको १४ औँ महाधिवेशनको प्रकियामा समेत सहभागी भएका थिए । बुधबार राति सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापतिमा डा शेखर कोइरालाको पराजयपछि आफू दुःखित रहेको सन्देश भट्टराईले प्रवाह गरेका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘आज परिवर्तनकामी शक्ति हारेको दिन- भोलि बाट हरेक दिन डा. शेखरलाइ काँग्रेसीहरुले संम्झिरहनु नपरोस !!’

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार २०:३३