२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

मैले राजिनामा दिने विषय भ्रामक होः दीपकराज जोशी

१५ साउन, काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो सचिवालय मार्फत राजिनामा दिने विषय भ्रामक हल्ला भएको बताएका छन । सचिवालयका नाममा विज्ञप्ति जारी गर्दै जोशीले आफूले राजिनामा दिने दिने भन्ने हल्ला र सरकारले राजिनामा दिन दबाब दिएको जस्ता विषय भ्रामक भएको बताएका छन ।

उनले संसदीय समितिमा नउठेको विषय पनि समाचारमा आएको भन्दै ध्यानाकर्षण भएको जनाएका छन । जोशीको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन पुनरावेदन अदालतको न्यायधीश, मुख्य न्यायधीश हुँदा होस् अथवा सर्वाेच्च अदालतको न्यायधीश हुँदा समेत प्रश्न नभएको विषयमा हाल आएर भ्रम फैलाउनु एक जना प्रस्तावित प्रधानन्यायधीशको नियुक्तिलाई प्रभावीत पार्नु मात्र नभई स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखिएको छ।’

हेर्नुहोस जोशीको सचिवालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : 00:13