१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

भिटोफको निर्वाचनमा पाण्डे समूहलाई मतदान गर्न राष्ट्रिय पर्यटन र नेपाल पर्यटन संगठनको अपिल

१५ साउन, कामाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र नेपाल पर्यटन व्यवसायी संगठनले भिटोफको आज हुने निर्वाचनमा वासु पाण्डेको समूहलाई मतदान गर्न अपिल गरेको छ ।

विज्ञप्ति माफर्त दुबै संगठनले दुबै संगठन र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा एकताबद्ध तत्कालीन दुबै पार्टीसम्बद्ध केन्द्रीय विभाग, पर्यटन क्षेत्रकेन्द्रित संगठन र पर्यटन इलाका कमिटीमा आवद्ध सदस्य र तमाम व्यवसायीहरुलाई समेटेर साझा प्यानल बनाइएको भन्दै पाण्डे समूहलाई मतदान गर्न आग्रह गरेको हो ।

अपिलमा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन कुमार आचार्य, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहाल, तत्कालीन एमालेको पर्यटन इलाका कमिटीका साजन शाक्य र तत्कालीन नेकपा माओवादीको पर्यटन इलाका कमिटीका ठाकुरराज पाण्डेले हस्ताक्षर गरेका छन ।

हेर्नुहोस् विज्ञप्ति ।

प्रकाशित मिति : १५ श्रावण २०७५, मंगलवार ००:१३