११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

१ पुस, काठमाडौं । सन्‌राइज बैंकको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ ४ पुसमा बुक क्लोज गर्दै छ । यसअनुसार २ र ३ पुसमा सेयर कारोबार बन्द हुने भएकाले बैंकको लाभांश सुरक्षित गर्न १ पुस बिहीबार सेयरधनी बनिसक्नु पर्नेछ ।

सन्‌राइज बैंकले गत वर्षको नाफाबाट छ दशमलव ६५ प्रतिशत बोनस र कर तिर्न शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । बैंकले १५ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ । सभा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार ११:२७