२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बेलायतमा दैनिक कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च

१ पुस, काठमाडाैँ । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।करि ब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ ।

बेलायतमा कोभिडका कारण आउँदो पाँच महिनामा कम्तिमा ५० हजार मानिसको मृत्यु हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार ०८:५५