२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कांग्रेस उपसभापतिको १५०० मतगणना : धनराज र पूर्णबहादुरको अग्रता कायमै

२९ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानअन्तर्गत उपसभापति पदको १५०० मतगणना भएको छ । उपसभापतिको १५०० मतगणना हुँदा डा. चन्द्र भण्डारीले ५०१, धनराज गुरुङले ५८८, पूर्णबहादुर खड्काले ५४४, विजयकुमार गच्छदारले ५०० मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा छ । यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार २१:३३