२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियारको छापा

२९ मंसिर, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । बुधवार बिहान आयोग केन्द्रीय कार्यालयको टोलीले छापा हान्दै अनुगमन सुरु गरेको हो । नगरपालिका विरुद्ध अख्तियारमा उजुरीको चाङ लागेपछि अनुसन्धान गर्न टोली खटिएको हो ।

टोलीले बिहान ९ बजेदेखि साँझसम्म कार्यालयमा रहेको कागजात नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । अनुसन्धान गर्न उपसचिव बद्री प्रसाद कार्कीको नेतृत्वमा टोली खटिएको छ ।

नगरपालिकाका सम्बन्धमा परेका उजुरी र गुनासोका विषयमा स्थलगत रूपमा छानबिनका लागि टोली खटाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । उनले नगरपालिकामा भएका कामको विषयमा केही उजुरी परेकोले सबै उजुरीको स्थलगत अध्ययन हुने बताए ।

नगरपालिकामा भएका खरिदसँग सम्बद्ध र निर्माणसँग सम्बद्ध विषयमा उजुरी परेको थियो । उजुरीका विषयमा र त्यस सँग जोडिएका अन्य पक्षलाई लिएर छानबिन गरिएको छ । पहिलो दिन कार्यालयमा रहेका कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिने र निर्माणको कामको स्थलगत अनुगमनसमेत हुने प्रवक्ता रिसालले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार २१:२३