२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

२९ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन्। अग्रता बनाइरहँदा उनी मत गणनास्थल सानेपास्थित पार्टी कार्यालय पुगेका छन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् । कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार १२ सय मत गणना हुँदा यस्तो छ अवस्था

विजयकुमार गच्छदार :४५४
पूर्णबहादुर खड्का :५०१
डा.चन्द्र भण्डारी :४७२
धनराज गुरुङ :५४३
सुजाता कोइराला :१३८
महेश आचार्य :१२३
दिव्यश्वरी शाह : ३५

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार २१:००