२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

कांग्रेस उपसभापतिमा कडा प्रतिस्पर्धा, दुई जनाको मत बराबर

२९ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले २५८ मतसहित अग्रता बनाउँदा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्काबीच प्रतिस्पर्धा देखिएको छ ।

बुधबार सानेपामा जारी उपसभापतिको मतगणना अनुसार ६ सय मत गन्दा विजयकुमार गच्छदारले र पूर्णबहादु खण्डकाले समान मत २४६ पाएका छन् । उनीहरु दुबै जना सभापति शेरबहादुर प्यानलका हुन् । अग्रता बनाउने गुरुङ भने शेखर कोइराला प्यानलका हुन्। उनीहरुलाई डा.चन्द्र भण्डारी पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार २०:१६