१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बेलायतमा ओमिक्रोनबाट पहिलो पटक मृत्यु

२८ मंसिर, काठमाडाैँ । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो ।

‘दुःखका साथ भन्नु परेको छ की ओमिक्रोन संक्रमितहरुलाई अस्पताल भर्ना गर्नु परेको छ र पहिलो पटक एक जनाको ओमिक्रनबाट मृत्यु भएको पुष्टि भएको छ,’ प्रधानमन्त्री जोनसनले भने ।

फाइल फाेटाे

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गर्दै आएका छन् । नयाँ भेरियन्ट तीव्र बढेपछि सरकारले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ ।

पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलवार ०८:०२