१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

ठगी आरोपमा पत्रकार इन्जिना कार्की पक्राउ

२७ मंसिर, काठमाडौँ । ठगी आरोपमा पत्रकार इन्जिना कार्की पक्राउ परेकी छिन । कार्कीले आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्की नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडबाट पक्राउ परेकी हुन ।

पत्रकार कार्कीले सहकारीसँग ७ लाख रूपैयाँ बैंकमार्फत असुल गरिसकेको प्रहरीले जनाएको छ । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको आरोपमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । एन्जिना लामो समयदेखि टेलिभिजन पत्रकारितामा क्रियाशिल रहेकी छिन ।

कार्की पछिल्लो समय भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत रहेकी थिइन । प्रहरीका अनुसार इन्जिनाले नेपालका केही न्यूज पोर्टलसँग मिलेर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले इन्जिनासँग जोडिएका अन्य व्यक्तिको पहिचान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार २१:४७