१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मुद्दा मिलाउन भन्दै व्यापारीकोमा घुस लिन पुगेका नेपाल प्रहरीका सइ विष्णु ढुंगाना पक्राउ

२७ मंसिर, काठमाडाैँ । मुद्दा मिलाउन भन्दै व्यापारीकोमा घुस लिन पुगेका नेपाल प्रहरीका सइ विष्णु ढुंगाना पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद ढुंगाना आइतबार पक्राउ परेका हुन ।

उनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत हुँ भनेर पैसा उठाउन गएको बेलामा पक्राउ परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडाैँले ढुंगानाविरूद्ध मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ ।  ढुंगानाले एक जना व्यपारीसँग १५ लाख रूपैयाँ लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार २१:३३