गगन थापाको अभिव्यक्तिविरुद्ध बंगलादेशमा अध्ययनरत नेपाली आन्दोलित, कडा कारबाहीको माग
१४ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापा र झापाको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजका प्रबन्ध निर्देशक दुर्गा प्रसाईले दिएको आपत्तिजनक अभिव्यक्तिविरुद्ध बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी आन्दोलित भएका छन ।
थापा र प्रसाईको अभिव्यक्तिका कारण आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरुमाथि कारबाही माग गर्दै विद्यार्थीहरुले चरणवद्ध आन्दोल घोषणा गरेका छन । बंगलादेशमा नेपाली विद्यार्थीहरुको संगठन नेपाल स्टुडेन्ड युनियनले आइतवार आन्दोलनका कार्यक्रम सार्वजनिक गदै थापा र प्रसाईँलाई कारबाहीको माग गरेको छ ।
डा. गोविन्द केसीको समर्थनमा निस्किएको जुलुसलाई सम्बोधनका क्रममा नेता थापाले चीन, बङगलादेश र फिलिपिन्समा एमबीबीएस् अध्ययन गर्न जाने ९० प्रतिशत बढी नेपाली विद्याथीले सर्टिफिकेट किन्ने गरेको आरोप लगाएका थिए । त्यस्तै प्रसाईले नेपाली चेलीहरु डाक्टरको सर्टिफिकेट लिन आफ्नो अस्मिता बेच्ने गरेको आरोप लगाएका थिए ।
युनियनले विज्ञप्तीमा जिम्मेवार व्यक्तिबाट आएको यस्तो अभिव्यक्तिले विद्यार्थी र अभिभावकमा आघात पुर्याएको भन्दै कारबाहीको माग गरेको छ । आन्दोलित विद्यार्थी युनियनले सोमवार ढाकास्थित नेपाली दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन् । उनीहरुले साउन १७ गते ढाकामा सांकेतिक विरोध गर्ने र १८ गते १२ बजेदेखि दूतावासमा धर्ना दिने जनाएका छन ।
यो पनि पढ्नुहोस्
–बंगलादेशमा पढ्ने ९० प्रतिशत डाक्टरले सर्टिफिकेट किनेर ल्याउँछनः गगन थापा (भिडियोसहित)
प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १७:२८