२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा


२७ मंसिर, काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको दुई लाख १३ हजार एक सय कित्ता सेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशित गरी जनाएको छ ।

कम्पनीको संस्थापक सेयरधनीहरू अशोक कुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको सेयर बिक्रीमा आएको हो । कम्पनीको संस्थापक सेयरधनी अशोककुमार अग्रवालको १३ हजार १०० कित्ता र प्रुडेन्सियल क्यापिटलको दुई लाख कित्ता सेयर बिक्रि गर्ने सूचनामा जनाएको छ ।

सो सेयर खरिद गर्नका लागि संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका २०७७ को निर्देशन नं. ११ बमोजिम सुरुमा संस्थाका संस्थापक सेयरधनीले खरिद गर्नपर्ने हुन्छ । संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त सेयर खरिद गर्न सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरेर कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिन पर्नेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार ११:०१