२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

छिमेक लघुवित्तले २३ पुसमा बोलायो साधारणसभा


२७ मंसिर, काठमाडाैँ । छिमेक लघुवित्तले २३ पुसमा वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले मकवानपुरको हेटौंडास्थित होटल सामनामा बिहान ११ बजे २० औं वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित तीन प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेस हुनेछ । यस्तै, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाहका विषयमा छलफल हुनेछ ।


त्यसैगरी, अन्य वित्तीय संस्थाहरू गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगगायतको एजेण्डा छ । सभा प्रयोजनार्थ लघुवित्तले ९ पुसदेखि २३ पुससम्म बुक क्लोज गरेको छ । यसर्थ, नेप्सेमा ८ पुससम्म कारोबार भई कायम रहेका लगानीकर्ताले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार १०:५९