१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

अमेरिकाको आँधीमा मृत्यु हुने १०० पुगे

२६ मंसिर, काठमाडाैँ । अमेरिकामा केन्टकीसहित पाँच राज्यमा आएको आँधीमा मृत्यु हुनेको संख्या १०० पुगेको छ । आँधीका कारण इलिनोस राज्यस्थित अमेजन कम्पनीको भवन भत्किएको छ ।

आँधीबाट अहिलेसम्म दर्जनौंको उद्दार गरिएको छ । आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टकीमा आपतकाल घोषणा गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आईतवार ०७:४०