१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

 वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फिर्ता

१४ साउन,काठमाडाैं  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल कम्बोडियामा भएको संसदीय निर्वाचन पर्यवेक्षण गरी आज स्वदेश फर्कनु भएको छ । निर्वाचन पर्यवेक्षणका क्रममा उहाँले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग भेटघाट गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले बताउनुभयो ।

त्यहाँ आइतबार संसदीय निर्वाचन भएको थियो । सो निर्वाचनको पर्यवेक्षण गर्न सांसद सुजाता कोइराला र भानुभक्त ढकालसमेत जानु भएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपाल ‘सेन्ट्रिस्ट एशिया प्यासिफिक डेमोक्र्याट्स इन्टरनेशनल’ को उपाध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार १४:२२