१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

बझाङमा माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु, दुई जना घाइते


१९ फागुन, कैलाली । बझाङमा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । बझाङको खप्तड छान्ना गाँउपालिका वडा नम्बर–३, मा माटोको ढिस्कोले पुरिएर २ जना महिलाको ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खप्तडछान्ना गाँउपालिका–३, की ३० वर्षीय रतनादेवी पाध्या र वडा नम्बर–२, पाइलीघर भएकी २८ वर्षीय सरितादेवी जाशी मृत्यु भएको हो ।

शनिबार बिहान घर पोत्नका लागि ठानाकोटमा रातो माटो लिन गएका उनीहरुको माटोको ढिस्कोले पुरेर ज्यान गएको हो ।

ढिस्कोमा परेर दुई जना महिला घाइते भएका छन् । घाइते हुनेमा खप्तड छान्न गाँउपालिका–३, कै सरस्वती पाध्या र किणी पाध्या रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये सरस्वती पाध्याको अवस्था चिन्ताजनक रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार १४:२४