कांग्रेस निकट कानुन व्यवसायीको अध्यक्षमा अधिकारी, देउवा–पाैडेल समूह पराजित
१४ साउन, चितवन । नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्र्याटिक्स लयर्स एशोसियसन (डीएलए) मा कृष्ण सिटाैला समूह बलियो देखिएको छ । १० औँ राष्ट्रिय अधिवेशनबाट सिटाैला समूहका उम्मेदवार योगेन्द्र बहादुर अधिकारी भारी मतान्तरले विजयी भएका छन् ।
अधिकारीले पार्टी सभापति शेरबहादुर देउवाकाे समूहबाट उम्मेदवार बनेका रामकुमार श्रेष्ठ र वरिष्ठ नेता रामचन्द् पाैडेल समूहबाट उम्मेदवार बनेका सिताराम केसीलार्इ पराजित गर्दै नेतृत्व हात पारेका हुन । अधिकारी ४३१ मतका साथ विजयी हुँदा श्रेष्ठले ४२ र केसीले ३३४ मत प्राप्त गरे । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल विजयी भएका छन् ।
यस्तै प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा, कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा विजयी भएका छन ।
प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार ११:२०