१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नुवाकोटका सुमन थापाको हत्यामा संलग्न रहेका चार जना पक्राउ

२२ मंसिर, नुवाकोट । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेका  चार जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको हत्या भएपछि प्रहरीले हत्या संलग्न भएका चार जनालाई पक्राउ गरी विदुर ल्याएको छ । थापको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

२० वर्षीय थापाको शव सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा भेट्टिएको थियो । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १३:०९