१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

२१ मंसिर, इस्लामाबाद । पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ । बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो ।

दुर्घटनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाइ लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार ०८:३१