३ चैत्र २०८२, मंगलवार | Tue Mar 17 2026

विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि कूटनीटिक पहल गरिने

१७ मंसिर, काठमाडाैँ । विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि नेपाल सरकारले पहल गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतमा आज भएको बैठकमा प्रभावित विद्यार्थीहरुको निवेदन, सो सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनसमेतका आधारमा निकासका लागि कूटनीटिक पहल गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले जानकारी दिनुभयो ।

बैठकमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चाधिकारीसमेतसँग छलफल भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार २२:०७