२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सानिमा बैंकले १० लाख कित्ता सेयर बिक्री गर्दै

१७ मंसिर, काठमाडाैँ । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

उक्त सेयर खरीद गर्न इच्छुक योग्य हाल कायम संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौँमा पेश गर्नुपर्नेछ ।

उक्त सेयरको मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरीदका लागि न्यूनतम १ लाख कित्ताका लागि निवेदन दिन पर्नेछ ।तोकिएको म्यादभित्र सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य व्याक्ति संघ संस्थालाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १७:०५