१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

कक्षामा ३ मा पढ्ने विद्यार्थी माथि शिक्षक विकास पोख्रेलद्धारा निर्घात कुटपिट

१६ मंसिर, काठमाडाैँ । झापाको बिर्तामोडमा सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोख्रेलले कक्षा ३ मा अध्ययनरत एक विद्यार्थी माथि निर्घात कुटपिट गरेका छन । गृहकार्य नगरेको बहानामा शिक्षक पोखरेलले ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनामाथि निर्घात कुटपिट गरेको अभिभावकले जानकारी दिएका छन । अविरलको तिघ्रा, गाला र डढेल्लोमा सुम्लो बसेको छ भने सुम्लो बसेको भागमा निलो भएको छ ।

शिक्षकले माफी माग्नुपर्ने र कानुनी कारबाही गर्नुपर्ने परिवारले माग गरेका छन । झापाको चारालीमा डेरामा बस्दै आएका विद्यार्थी पिट्ने शिक्षक पोख्रेल इलामका स्थायी बासिन्दा हुन्।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार २०:५३