१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

अष्ट्रेलियाकाे संघीय संसदका एक तिहाइ कर्मचारीमाथि याैन दुर्व्यवहार: प्रतिवेदन

१५ मंसिर, काठमाडाैँ । अष्ट्रेलियाकाे संघीय संसदका एक तिहाइ कर्मचारीमाथि याैन दुर्व्यवहार हुने गरेकाे एउटा प्रतिवेदनमा जनाइएकाे छ । संघीय संसद्की एक पूर्वकर्मचारीले मन्त्रालयमा नै याैन दुर्व्यवहार भएकाे गुनासाे सार्वजनिक भईरहेका बेला प्रतिवेदन तयार पारिएकाे हाे । उनकाे भनाई सार्वजनिक भएसँगै क्यानवेरामा हुने याैन दुर्व्यवहारका विभिन्न घटना सार्वजनिक भएका थिए ।

दुर्व्यवहारबाट अधिकांश महिला पीडित भएकाे याैन विभेदसम्बन्धी अ‍ायुक्त केट जेनकिन्सले बताएकी छन् । प्रतिवेदनअनुसार संघीय संसदका ५१ प्रतिशत कर्मचारीले कुनै न कुनै प्रकारकाे याैन दुर्व्यवहार सामना गरेकाे उल्लेख छ । ‘उनीहरुकाे याैन दुर्व्यवहारकाे अनुभवले संसदकाे गरिमामाथि नै प्रश्न खडा भएकाे छ’,जेनकिन्सले भनिन् । प्रतिवेदनलाई प्रधानमन्त्री स्कट माेरिसनले डरलाग्दाे बताएकी छन् ।

संसदमा महिलामाथि हुने दुर्व्यवहारबारे एक कानले सुनेर अर्काे कानले उडाइ दिएकाे प्रधानमन्त्री माेरिसनमाथि अ‌ाराेप लाग्दै आएकाे थियाे । अध्ययनमा संघीय संसदका १७२३ पूर्वकर्मचारी र ३३ अ‍ाेटा संगठनका विभिन्न व्यक्तिसँग अन्तर्वार्ता लिइएकाे थियाे । प्रतिवेदनअनुसार ६३ प्रतिशत महिला सांसदले याैन दुर्व्यवहार सामना गरेका छन् । याे संख्या दुर्व्यवहारमा परेका कर्मचारीकाेभन्दा धेरै हाे ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १२:०३