२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

महिला लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज


१५ मंसिर, काठमाडाैँ । महिला लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतावित लाभांश पारित गर्न तथा साधरणसभा प्रयोजनार्थ १६ मंसिरदेखि बुकक्लोज गर्ने भएको छ । यसअनुसार बुधबारसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले २२ मंसिरमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा बिहान हिमालय दृश्य रिसोर्ट धुलिखेल काभ्रेमा १०ः३० बजेबाट सुरू हुनेछ । सभामा लघुवित्तले प्रस्ताव गरेको ४७ दशमलव पाँच प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर सहित दुई दशमलव पाँच प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।

प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ । त्यस्तै, सभामा अन्य कुनै वित्तीय संस्थालाई मर्ज वा एक्वायर गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार ११:३१