२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

मुक्तिनाथ विकास बैंकको बाेनस सेयरकाे मूल्य समायोजन


१५ मंसिर, काठमाडाैँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको बोनस सेयरकाे मूल्य समायोजन गरेको छ । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५७१ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको १७ दशमलव ५७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनार्थ आज बुक क्लोज गरेको छ । मुक्तिनाथले २५ मंसिरमा साधारणसभा आह्वान गरेको छ । सभामा गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १७.५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १०:३२