१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेपाली कांग्रेस नुवाकोटका इमान्दार नेता विष्णु अाचार्यको ६७ वर्षको उमेरमा निधन

१३ साउन, काठमाडाैँ । नेपाली कांग्रेस नुवाकोटका इमान्दार नेता विष्णु अाचार्यको निधन भएको छ । अाचार्यको ६७ वर्षको उमेरमा गएराति निधन भएको नेपाली कांग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए । उनले अाचार्यको निधनले कंग्रेसले एउटा इमान्दार र असल नेता गुमाएकाे भन्दै अाचार्यकाे निधनप्रति दुःख प्रकट गरे । नुवाकोटका नागरिक समाजमा अगुवा बाबुराम लामिछानेका अनुसार अाचार्य एउटा निर्भिक र अाफ्नाेपनमा बाँच्न चाहने मान्छे थिए ।

उनले अाचार्यको बारेमा फेसबुकमा लेख्दै भनेका छन, ‘चाकरी र मुलाहिजा नजानेकाे, ठूलालार्इ मान गर्ने र सानालार्इ हेप्ने बानी नभएकाे, तार्किक र प्रभावशाली व्यक्तित्वका धनी हुनुमात्रै पनि उहाँकाे परिचय हाेइन, प्रजातान्त्रिक अान्दोलन र सङ्घर्षका अथक याेद्धा तथा प्रजातान्त्रका लागि धेरै दिएकाे तर व्यक्तिगतरूपमा केही नलिगेकाे राेलमाेडल पात्र हाे विष्णु अाचार्य । अब उहाँकाे बारेमा अरू कुनै कामना बाँकी रहेन । अात्माले शान्ति पाअाेस् ! बैकुण्ठमा बास हाेस् ! उहाँका शाेकसन्तप्त परिबारजन (विशेषगरी मेरा मित्रहरू दिनेश अाचार्य र विनिता अाचार्य) तथा अाफन्तहरूमा याे शाेकलार्इ सहन सक्ने शक्ति र्इश्वरले प्रदान गरून् । समवेदना !!’

अाचार्यको अाज बिहान पशुपति अार्यघाटमा अन्त्येष्टि हुँदैछ ।

प्रकाशित मिति : १३ श्रावण २०७५, आईतवार ०७:५९