२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

१० मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ९१ पैसा र बिक्री दर ११९ रुपैयाँ ५१ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ ५४ पैसा र बिक्री दर १५९ रुपैयाँ ३४ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ३७ पैसा र बिक्री दर १२८ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५० पैसा र बिक्री दर ८५ रुपैयाँ ९३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६२ पैसा र बिक्री दर १८ रुपैयाँ ७१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ७० पैसा र बिक्री दर ३१ रुपैयाँ ८६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६६ पैसा र बिक्री दर ३२ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २६ पैसा छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार ११:००